९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

नेपाली राजनीतिमा नाटकीय मोड, संसद बिघटनको सिफारिस



काठमाडौँ । सरकारले आइतवार दिउँसो एक्कासी संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्न सिफारिस गराएका हुन् ।

सत्तारुढ दल नेकपाभित्र विवाद चलि रहेको बेला सरकारले संसद बिघटनको सिफारिस गरेको हो । यसअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समेत जानकारी नदिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

शनिबार प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई उनकै निवासमा गएर भेटेका थिए । फर्केर साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि आइतवार विहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद बिघटनको सिफारिस बोकेर राष्ट्रपति निवास पुगेका हुन् ।

सरकारको यो कदमको पार्टी भित्र र बाहिर पनि सर्वत्र विरोध हुन थालेको छ । एकथरी संबैधानिक कानुनका ज्ञातहरुले यसरी संसद विघटनको व्यवस्था नै नभएको बताएका छन् ।

विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गैरसंबैधानिक कदम भन्दै विरोध गरेका छन् । यसले मुलुककफ राजनीतिले नयाँ मोड लिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : ०८ बजे