अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न

२०७७ पुष ७, मंगलवार ०३:०२

मिथिला सेन्टर अमेरिकाले अनलाइनको माध्यामबाट पहिलो पटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव मनाएको छ । भगवान राम र देवी सीताको विवाहको स्मरणमा विवाहपञ्चमी जनकपुरधाममा हरेक बर्ष मनाउदै आइरहेको छ । विवाहपञ्चमी उत्सवले जीवनमा धेरै कठिनाइ भोग्नु परे पनि अटल मानव बन्धनको प्रतीक रहेको भन्दै यो उत्सव मनाउदै धारण रहेको छ । यो अवसरमा जनकपुरधामस्थित राम जानकी मन्दिरमा विश्वका हिन्दुधर्मवलाम्बीहरु तीर्थयात्रा गर्ने गर्छन् ।

‘कोभिड–१९ महामारीको कारण यस बर्ष अमेरिकामा रहेका मिथिलाबासीले विभिन्न सस्थाका प्रतिनिधिहरुलाई अनलाइनमा निमन्त्रणा गरि शुभकामना अदान प्रदानका साथ विवाहपञ्चमी मनाएका छन । कार्यक्रममा नेपाल, भारत र अमेरिकामा बसोबास गदै आइरहेका कलाकारहरुद्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ अधिकारी नवल यादवले सञ्चालन गरेका थिए ।

हाम्रो समाजको ऐतिहासिक संस्कृति सम्पदा र परम्पराको संरक्षण र प्रवद्र्धनको लागी अनलाइनबाट भएपनि यो कार्यक्रमको आयोजना गरेको मिथिला सेन्टरका  अध्यक्ष अमित शाहले बताए । विदेशमा मिथिला कला सस्कृति चिनाउने लक्ष्यसंगै मिथिला सामुदायिक र सास्कृतिक केन्द्र स्थापनाको लागी कार्य अघि बडिरहेको अध्यक्ष शाहले बताए ।

सम्बन्धित समाचार