९ विद्यार्थी संगठनले संसद विघटनविरुद्ध प्रतिरोध गर्ने

२०७७ पुष ७, मंगलवार १५:२४

काठमाडौँ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूसहति नौ विद्यार्थी संगठनले प्रतनिधि सभा विघटन गर्ने सरकारको कदम विरुध्द देशव्यापीरूपमा प्रतिरोध गर्ने भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयोजनमा मंगलबार काठमाडौंमा बसेको नौ विद्यार्थी संगठनको संयुक्त बैठकले संविधानको रक्षार्थ सहकार्य गर्नेसहित ५ निर्णय गरेको छ ।

बैठकमा सत्तारुढ दल नेकपाको विद्यार्थी संघठन अनेरास्ववियू, नेविसंघ समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल पाँचौ, दुई अखिल (क्रान्त्रिकारी) अखिल नेपाली विद्यार्थी युनियनको सहभागिता थियो ।

सम्बन्धित समाचार