अमेरिकी जनतालाई दोश्रो कोभिढ राहत सहयोग

२०७७ पुष ७, मंगलवार २१:४९

अमेरिकी सरकारले कोभिढको कारण रोजगार गुमाएका र व्यवसाय अस्तव्यस्त भएका अमेरिकी जनताहरुको लागी दोश्रो चरणको राहत सहयोग दिने भएको छ । लामो समयदेखिन कोरोनाले प्रभावित अमेरिकी जनताको लागी सरकारले दिन लागेको दोश्रो चरणको यो राहत प्याकेजको लागी ९ सय विलियन डलर छुट्टाएको जनाएको छ ।

कोभिढको कारण सरकारले यसै हप्तादेखि लागु हुने गरि रोजगार गुमाएका जनतालाई अहिले दिइरहेको बेरोजगार भत्तामा थप प्रति ब्यक्ति ३ सय डलर ११ हप्तासम्मको लागी र कर तिदै आएको करदातालाई ६ सय डलर स्टीमुलेस चेकको रुपमा दिने भएको छ । यस अघि पहिलो चरणमा स्टीमुलेस चेकको रुपमा प्रति ब्यक्ति १२ सय डलर दिएको थियो । यो राहतसंगै सरकारले पेचेक प्रोटेक्सन, घरभाडाको लागी र स्कुलको लागी थप राहत सहयोग गर्ने रकम छुट्टाएको छ ।

सम्बन्धित समाचार