संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, आन्तरिम आदेश दिन अस्वीकार

२०७७ पुष ८, बुधबार १७:४५

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनमा आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ ।

अब सम्भवत शुक्रबार बस्ने संवैधानिक इजलासमा सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरे पनि ‘अन्तरिम आदेश’ दिने सम्भावना नै अन्त्य भएको भने होइन ।

शुक्रबार संवैधानिक इजलासमा निवेदकहरु र सरकारी पक्षको बहस सुनुवाइ गरेर पनि अन्तरिम आदेश दिन सकिने कानुनविद्हरुले बताएका छन् । यद्यपि संसद् विघटनको निर्णयलाई तत्काल नरोके अपूरणीय क्षति हुनसक्ने भन्दै आदेश माग भए प्रधानन्यायाधीश जबराले सूचना ‘यथास्थितिमा राख्न’ जरुरी ठानेनन् ।

उनले विपक्षीहरुको समेत कुरा सुन्नु पर्ने भन्दै संबैधानिक इजालसमा पठाउन आदेश दिएका हुन् ।

सम्बन्धित समाचार