१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसद्वारा दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा



काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका दोस्रो कार्यक्रम घोषणा गरेको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षको कार्यक्रम ल्याएको हो ।

पार्टी अध्यक्ष शेरबहादुर देउवा आन्दोलनको विपक्षमा रहेको भन्दै अलोचना भएपछि संघर्षका कार्यक्रमहरु ल्याएका हुन् । नेताहरुका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको भने माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गरिने छ ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ५ : ५८ बजे