जर्जिर्याको दुबै सिनेटरको जितसंगै डेमोक्रेटीक पाटी बहुमतमा

२०७७ पुष २३, बिहीबार ०५:१७

अमेरिकाको जर्जिया राज्यमा सम्पन्न दुई सिनेटर पदको लागि भएको मतदानमा दुबै सिट डेमोक्रेटीक पाटीले जितेको छ । यो जितसंगै डेमोक्रेटिक पाटीको सिनेटमा बहुमत संख्या पुगेको छ । गत मगलबार भएको निर्वाचनमा डेमोक्रेटिक पाटीका उम्मेदवारहरु राफेल वार्नक र जोन ओसोफ सिनेटरको रुपमा बिजयी भएका छन् । वार्नकले ५०.६ प्रतिसत अर्थात् २२ लाख २७ हजार २ सय ९६ मत ल्याई बिजयी भएका छन भने उनका प्रतिष्प्रर्धी रिपब्लिकन पाटीका केली लोलरले २१ लाख ७३ हजार ८ सय ६६ ल्याएकी छिन ।

जोन ओसोफले २२ लाख २२ हजार १ सय ३३ मत अर्थात् ५०.२८ प्रतिसत मत ल्याई बिजयी भएका छन् भने उनका प्रतिष्प्रर्धी रिपब्लिकनका डेविड पर्डुले २१ लाख ९७ हजार ७ सय ७४ मत ल्याएका थिए । ३३ बषिर्य ओसोफ संभवत अमेरिकाको कान्छो सिनेटर भएका छन । त्यस्तै वार्नक पनि दक्षिण क्षेत्रबाट सिनेटर हुने पहिलो अस्वेत हुन । उनीहरु दुई जनाको विजयीले निर्वाचित राष्ट्रपति जो बाइडेन र निर्वाचित उप राष्ट्रपति कमला हृयारिसलाई आफनो योजना अनुरुपको कार्यकाल सफल बनाउनमा सहज हुने देखिएको छ ।

जर्जियाको दुई सिनेटको पदको लागी निर्णयक मानिएको निर्वाचनमा डेमोक्रेटिक र रिपब्लिकन निकै प्रतिष्प्रर्धाका साथ अघि बडेका थिए । सन् १९९२ देखि निरन्तर रिपब्लिकनले जित्दै आएको जर्जियामा गत नोभेम्बर ३ को निर्वाचनमा जो बाइडेन बिजयी भएका थिए । वाइदेन निर्वाचित भए लगतै जर्जियामा निर्वाचन धाधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः मतगणना गराएका थिए ।

तस्विर : साभार न्युयोर्क टाइम्स

सम्बन्धित समाचार