अमेरिकाको संसद भवनमा प्रर्दशन र तोडफोड, कर्फ्यु लाग्यो डिसीमा

२०७७ पुष २३, बिहीबार ०६:४७

राष्टपति डोनल्ड ट्रम्प सर्मथकहरुले अमेरिकाको संसद भवन प्रवेश गरि तोडफोड गरेका छन । दिउसो ४ बजेतिर भएको घटनाले त्यस क्षेत्र तानवपुर्ण बनेको थियो ।

आक्रोसित प्रर्दशनकारीहरु संसद भवन पसे लगतै तोडफोड गर्न थालेपछि कतिपय सिनेटरहरु आफनो सुरक्षाको लागि कुर्सिमुनि लुकेका थिए । प्रर्दशनकारीहरु हातमा अमेरिकाको झण्डा, राष्ट्रपति डोनल्ड ट्रम्प लेखिएका झण्डा बोकेकाले कार्यालय तोडफोड गर्नुको साथै सिसाहरु फुटाएको टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरिरहेका थिए ।

सवैतिरबाट आएको प्रर्दशनकारीलाई नियन्त्रणको क्रममा १ अज्ञात व्यक्ति सुरक्षाकर्मिको गोलि लागेर मृत्यु भएको जनाएको छ ।

लगतै सम्बन्धीत निकायले वेलुकी ६ बजेदेखि विहान ६ बजेसम्मको लागी कफर्यु लागु गरेको जनाएको छ । गत निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पले प्राप्त गरेको नतिजाको बारेमा बडदो विवादको कारण प्रर्दशनकारीले यो प्रर्दशन गरेको हो । प्रर्दशनकारीको गतिविधि बडदै जाने क्रममा राष्ट्रपति ट्रम्पले टवीटर मार्फत प्रर्दशनकारीहरुलाई ‘घर जानु ,हामी माया गर्छु तिमिहरु विशेष हौ’ भनी सन्देश दिएका थिए ।

सम्बन्धित समाचार