अमेरिकी संसदद्वारा राष्ट्रपतिमा बाईडेनको जीत प्रमाणित

२०७७ पुष २३, बिहीबार १९:१२

अमेरिकाका संसदले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ। दुबै सदनको संयुकत बैठकमा बहुमतबाट बाईडेनको जित निश्चित गरिएको हो ।

बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए ।

ट्रम्पले भने सुरुदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका छन् । ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। हिंसाका कारण बैठक अवरूद्ध भएको थियो । यही जनवरीको २० गते सपथ लिएपछि उनले कार्यभार संहाल्नेछन् ।

सम्बन्धित समाचार