चार दिन चलेर राष्ट्रियसभाको अधिवेशन अन्त्य, प्रधानमन्त्रीद्वारा न्यायालयलाई प्रभावित नबनाउन चेतावनी

२०७७ पुष २६, आईतवार १७:३७

काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन अन्त्य भएको छ । राष्ट्रियसभाको आइतवारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे ।

चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।

यसअघि बैठकमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य दिएका थिए । उनले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क तर्कमा लाग्नुभन्दा चुनावको तयारीमा जुट्न सम्पूर्ण राजनीतिक दललाई आह्वान गरे ।

उनले विघछन गरिएको प्रतिनिधि सभाको पुनस्थापना संभव नभएको भन्दै उक्त कार्य गैरसंबैधानिक भएको भन्ने चार पूर्व प्रधानन्यायाधीशलाई अदालतलाई प्रभावित बनाउने कोशिस नर्गन पनि चेतावनी दिए । उनले आफुले राम्रो काम गर्दा गर्दै एकथरी मानिसहरु विरुद्धमा लागेको भन्दै निर्वाचन भन्दा अर्को प्रजातान्त्रिक प्रकृया अर्को हुन नसक्ने जिकिर गरे ।

सम्बन्धित समाचार