१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

महाशक्ति अमेरिकाको राष्ट्रपति बाइडेनद्वारा सपथ ग्रहण, ट्रम्प आएनन्



न्युयोर्क । महाशक्ति अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन औपचारिक रुपमा बहाल भएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले बुधबार सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सबाट सपथ लिएका छन् ।

बाइडेनसॅगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिएकी छन्। उनी उक्त पद निर्वाचित प्रथम महिला, अफ्रिकन-एसियन महिला हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्।

राष्ट्रपतिको सपथ लिएसॅगै बाइडेनले अमेरिकाको इतिहासमै सबैभन्दा पाका उमेरको राष्ट्रपतिको रेकर्ड राखेका छम् । उनी ७७ वर्षका भए । बाइडेनले सबैभन्दा कम उमेरमा सिनेटर भएका ब्यक्ति पनि हुन् ।

बाइडेन सन् १९७२ मा २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटर निर्वाचित भएका थिए। त्यो बेला धेरैले उनलाई ह्वाइट हाउसका लागि योग्य ठानेका थिए। त्यसको ३५ वर्षपछि उनी राष्ट्रपति भएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले बुधवार बिहान राष्ट्रपति भवन ह्वाइट हाउस छाडेका थिए । निर्वाचनमा हार नस्वीकारेका ट्रम्प बाइडेनको सपथ ग्रहण कार्यक्रममा पनि सहभागी भएनन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ५६ बजे