कांग्रेसद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

२०७७ माघ १३, मंगलवार १७:३३

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध थप तीन दिने विरोध कार्यक्रम घोषणा गरेको छ ।

पार्टीका अनुसार माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने कांग्रेसले जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय लिइएको जानकारी दिएका छन् । मंगलबार नै बसेको पदाधिकारी बैठकले तयार प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ ।

 

सम्बन्धित समाचार