वाइडेनद्वारा ‘अमेरिका फिर्ता’ भएको घोषणा

२०७७ माघ २३, शुक्रबार १६:३९

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बिडेनले “अमेरिका फिर्ता” भएको घोषणा गरका छन् । उनले राष्ट्रपति ट्रम्पको पालामा भएको विदेश नीतिहरुलाई उल्ट्याएपछि अमेरिकी विदेश नीतिमा “कूटनीति फर्किएको” भनेर घोषणा गरे हुन् ।

उनले यमनमा गरिएको सउदी अरेबियाको आक्रामक कारवाहीको अमेरिकाले समर्थन फिर्ता लिने उल्लेख गरेका छन् । उनले पदभार संहालेपछि पहिलो पटक विदेश नीति बारे बोल्दै भनेका छन् – जर्मनीबाट अमेरिकी सैनिकलाई फिर्ता गर्ने कार्यलाई स्थगित गर्ने, अमेरिका शरणार्थीहरूको लागि खुला गर्ने र विश्वव्यापी रूपमा एलजीवीटीहरुको अधिकारमा समर्थन गरिने छ ।

उनले यसअघि नै जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनमा पुन प्रवेश गर्ने बताइसकेका छन् । यि सबै विषयहरुमा ट्रम्प प्रशासनले लिएको नीतिलाई वाइडेनले उल्टाएका हुन् ।

‘विश्वव्यापी चुनौतीहरुलाई सामना गर्नका लागि हामी सबै मिलेर अघि बढ्नु पर्छ’ उनले भनेका छन्, ‘मिलेर काम गर्ने राष्ट्रहरूले मात्र समाधान गर्नेछन् । हामी यो एक्लै गर्न सक्दैनौं ।’

उनले अमेरिकी कूटनीति प्रजातान्त्रिक मुल्यमा आधारित हुने समेत स्पष्ट पारे । ‘स्वतन्त्रताको रक्षा गर्ने । अवसर पाउने । सर्वव्यापी अधिकारहरूको समर्थन गर्ने । कानूनको शासनको सम्मान गर्ने र प्रत्येक व्यक्तिलाई मर्यादाको साथ व्यवहार गरिने छ’ उनले भनेका छन् ।