७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पलाई भविष्य साग-अफ्ट्रामा प्रवेश नपाउने गरी प्रतिबन्धित



न्युयोर्क । विश्वभरको कलाकार, पत्रकार, फिल्म तथा टेलिभिजन सम्बद्ध यूनियन (साग–अफ्ट्रा) ले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भविश्यमा पुन: सदस्यताको आवेदन दिन प्रतिबन्ध लगाएको छ ।

यो संस्थामा एक लाख ६० हजार भन्दा बढी सम्बद्ध छन् । उनी माथि छानविन भइरहेको बेला ट्रम्पले बिहीबार संस्थाको सदस्यबाट राजीनामा दिएका थिए । सुरुमा संस्थाले उनको राजीनामा स्वीकृत गर्दै ‘धन्यवाद’ भनेको थियो । शनिबार भने भविश्यमा पुन: प्रवेश नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गर्‍यो ।

यो निर्णय शनिबार एक जूम सम्मेलनमार्फत गरिएको थियो र “युनियनका पत्रकार सदस्यहरुमा उनको दुश्मनी र संघको मूल्य र अखण्डतालाई बेवास्ता” गरेको भन्ने प्रस्तावमा उनलाई साग-अफ़्ट्राले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

“डोनाल्ड ट्रम्पलाई साग-अफ़्ट्रामा फेरि प्रवेश हुनबाट रोक्नु एउटा प्रतीकात्मक कदम हो,” अध्यक्ष गेब्रिएल कार्टेरिसले भनेका छन्, “यो कदमले महासंघका कोही सदस्यविरुद्ध धम्की दिने वा हानि पुर्‍याउने कुनै कुरालाई सहने छैन भन्ने देखाउछ । एउटा विरुद्धको आक्रमण सबै विरुद्धको आक्रमण हो । ”

खासमा ट्रम्फले पत्रकारहरुमाथी गरेको दुर्व्यवहार र धम्कीलाई लिएर कारवाहीको प्रस्ताव लगिएको थियो । साथै संस्थाले गत जनवरीमा संसद भवनमा भएको आक्रमणमा उक्साएको तथा चुनावको परिणामलाई प्रभावित बनाउन खोजेको विषयमा पनि अनुसन्धान गरेको उल्लेख छ ।

ट्रम यस संस्थाको सन् १९८१ देखि सदस्य छन् । उनको घरेलु प्रडक्सनले “होम अलोन २”, “द नानी ” र “सेक्स र सीटी” जस्ता फिल्म र टेलिभिजन कार्यक्रम निर्माण गरेपछि उनले उक्त संस्थाको सदस्यता लिएका हुन् ।

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ५५ बजे