एमिकस क्युरीका दुई संसद विघटनको पक्षमा र तीन विपक्षमा

२०७७ फाल्गुन ७, शुक्रबार २०:०४

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी)ले राय दिने क्रम सकिएको छ ।

इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका लागि पेशी तोकेको छ भने सो दिन निर्णय सुनाउने भन्ने उल्लेख गरेको छैन । अदालतले सोही दिन निर्णय सुनाउने मिति तय गर्ने छ वा फैसला सुनाउने छ ।

वरिष्ठ अधिवक्ता गीता पाठकले आज आफ्नो राय प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन गर्ने संविधानमा व्यवस्था नभएको धारणा दिनुभयो । नेपालको संविधानले स्पष्ट व्यवस्था नभएको हुनाले विघटनको अधिकार नदिएको उहाँको राय थियो ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र विजयकान्त मैनालीले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको राय प्रस्तुत गरका थिए भने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले नेपालको संविधानले विघटन गर्ने अधिकार नदिएको राय दिएका छन् ।

सम्बन्धित समाचार