सगरमाथा आरोही संघको अध्यक्षमा पुन: माया शेर्पा

२०७७ फाल्गुन १४, शुक्रबार १५:०५

काठमाडौं । सगरमाथा आरोही संघको अध्यक्षमा पुन: माया शेर्पा सर्वसम्मत चयन भएकी छन् । बिहीवार भएको निर्वाचनमा शेर्पा सर्वसम्मत चयन भएकी हुन् ।

त्यसैगरी उपाध्यक्ष दिबस पोख्रेल, द्वितीय उपाध्यक्ष लाक्पा रंडु शेर्पा, महासचिवमा शिवबहादुर सापकोटा, सचिव मदन कुमार चुँडाल कोषाध्यक्ष दिकी शेर्पा तथा सदस्यहरूमा सोनाम शेर्पा र मिङ्मा डेबिट शेर्पा सर्वसम्मबत चयन भएका छन् ।

संघ सगरमाथा आरोहण गरिसकेका आरोहीहरुको संस्था हो । यसले आरोहीहरुको हीतमा काम गर्ने गर्दछ ।

निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत अधिवक्ता भुपेन्द्र पोखरेल र अधिवक्ता ईश्वर पोखरेल निर्वाचन अधिकृत रहेका थिए ।

सम्बन्धित समाचार