१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

नेताहरुले लगाए कोभिड–१९ बिरुद्धको खोप



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर मंगलबार उनले कोरोनाविरुद्धको पहिलो खोप लिएका हुन् ।

त्यसैगरी पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि मंगलबारै उक्त केन्द्रमा पुगेर खोप लगाएका छन् ।

त्यसअघि बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गरेका थिए ।
प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुरु हुने सातौँ अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ०९ बजे