राष्ट्रपतिले बोलाईन् प्रमुख राजनीतिक दलको बैठक

२०७७ चैत्र २, सोमबार २३:१७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्रेकी छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ । बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा बिघटन गरेपनि सर्बोच्च अदालतले पुनस्थापना गरेपछि पहिलो पटक राष्ट्रपतिले सर्वदलय बैठक बोलाएकी हुन् ।

सम्बन्धित समाचार