ताप्लेजुङका आगलागी पीडितलाई फिप्ना, वालुङ कम्युनिटी र ढोक्प्या किदुंगको सहयोग

२०७७ चैत्र ५, बिहीबार १०:०६

ताप्लेजुङको मिरिङदेन गाउपालिकास्थित दोभान बजारमा आगलागीको कारण दुख भोग्नु परेका आगलागी पिडितलाई आदीवासी जनजाती महासंघ अमेरिका लगायत विभिन्न सस्थाहरुको पहलमा संकलन गरिएको १५ लाख तीस हजार ४ सय असी रूपिया ( अमेरिकी डलर १३,३३४ ) नेपाल पठाएको जनाएको छ ।

उक्त रकममा आगलागी पिडित ५७ परिवार मध्ये ४५ परिवारलाई प्रति परिवार रू ३२ हजारको दरले र कम क्षति हुने १२ परिवारलाई प्रतिपरिवार ६,००० रुपियाको दरले रकम वितरण गरिएको जनाएको छ । ताप्लेजुङको दोभान बजारमा आगलागीको कारण ४९ घर जलेर ७९ परिवार घरबार विहिन भई दुख भोग्नु परेका थिए । उक्त घटनामा परि दुख भोग्नु परेकाहरुको सहयोगको लागी आदीवासी जनजाती महासंघ-अमेरिका, वालुङ कम्युनिटि अफ नर्थ अमेरिका र ढोक्प्या किदुग- न्यूयोर्कको संयुक्त पहलमा आर्थिक संकलन गरिएको थियो ।

यो अभियानलाई सफल बनाउन संस्थागत रूपमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका , नेपालिज युनाइटेढ स्पोटर्स क्लब र शेर्पा किदुग अमेरीकाले आर्थिक सहयोग संकलन गरेर दिएको महासंघले जनाएको छ । यो अभियान कार्यक्रमलाई स्थानीय तहमा नेपाल आदिवासी जनजाति महासंघ ताप्लेजुङ ,तोप्केगोला समाज ताप्लेजुङ, वालुङ किदुक काठमाण्डौ ताप्लेजुङ साथै स्थानिय समन्वयमा मिरिङदेन गाउपालिकाले व्यवस्थापन सहयोग गरेका थिए । अमेरिकाबाट राहत संकलनको संयोजन छिरिङ तोक्प्याल- वालुङ कम्युनिटी अफ नर्थ अमेरीका, गोवा शेर्पा ढोप्कया किदुग न्यूयोर्क र लोक चेम्जोङ- नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले गरेको जनाएको छ ।

सम्बन्धित समाचार