ट्रम्पको आफ्नै सामाजिक सञ्जाल आउँदै

२०७७ चैत्र ९, सोमबार १५:०१

न्युयोर्क । प्रभावशाली सामाजिक सञ्जालहरुले बन्देज लगाइएका अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले चाँडै नै आफ्नो छ्ट्टे सामाजिक सञ्जाल ल्याउने तयारीमा लागेका छन् ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनको एक जना सल्लाहकारले उक्त कुरा बताएका हुन् । ती सल्लाहकारले राष्ट्रपति ट्रम्पलाई दुईदेखि तीन महिनामा सामाजिक सञ्जालमा फर्किएको देखिने समेत उल्लेख गरेका छन् ।

साथै उने त्यो सामाजिक सञ्जालमा सबैभन्दा चर्चित हुने र त्यसले सामाजिक सञ्जाल प्रयोगलाई ‘पुनर्परिभाषित’ गर्ने समेत दावी गरे । जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको हिंसात्मक आक्रमणपछि ट्रम्पलाई समर्थकहरु उक्साएको आरोमा ट्विटर, फेसबुक, युट्युव, इन्स्टाग्रामलेसमेत प्रतिबन्ध लगाएको छ । सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार