पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

२०७७ चैत्र १३, शुक्रबार २१:५३

काठमाडौँ । कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको हो ।

मस्तिष्कघात भई फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए । उनले राजनीतिक यात्राका क्रममा पटक-पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दु:ख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार