गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको पहलमा न्युयोर्क आसपासमा रहेका नेपाली लगायत अन्य समुदायलाई अपि्रल ३ शनिवारका दिन क्विन्स हस्पिटल जमैका न्युयोर्कमा कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान सम्पन्न भयो ।
दिउसो १ वजेदेखी ५ वजेसम्म समुदायलाई लक्षित गरी वितरीत खोप २ सय ७९ जनालाई लगाईएको कुरा यस संस्थाका अध्यक्ष सोमनाथ घिमिरेले बताएका थिए । संभवत अमेरिकामा नेपाली संघ-संस्थाहरु मध्ये गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरनै पहिलो संस्था हो । जसले २५० जना भन्दा धेरैं नेपाली महानुभावहरुलाई एकै दिन क्वीन्स अस्पतालमा खोप लगाउन सफल भएको थियो ।
शेर्पा किदुग अमेरीका र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोगमा फाउण्डेसन द्वारा वितरित फाराम भरी नामावली संकलन गरीएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाईएको फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामाले बताएका थिए । संस्थाका महासचिव छिरीगं राप्के लामाको नेतृत्वमा स्वयंसेवकहरु कार्यसमिती सदस्यहरु रामचन्ऽ अधिकारी, “ुव कुवार क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, विजय थुलुगं, समाजसेवी रमेस दर्नाल, कलाकार एंव लेखक पुष्कर बराल, वरिष्ठ लोक दोहोरी गायक बिमल डांगी लगायतले सहयोगी भुमीका निर्वाह गरेका थिए ।
क्वीन्स अस्पतालका समुदाय बोर्ड सल्लाहकार समितीका अध्यक्ष एंव क्वीन्स डेमोक्र्याटीक डिस्ट्रीक्ट लिडर डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरले फाउन्डेशनसग हातेमालो गर्दै समुदाय स्तरमा सो खोप अभियान संचालन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । डा. ऐन्थोनि ऐन्ड्रीयु जुनियरकै पुर्ण सहयोगमा फाउण्डेसनले ऐतिहासिक पहिलो खोप कार्यक्रम क्वीन्स अस्पतालमा सम्पन्न गरिएको थियो ।
यस भ्याक्सीन कार्यक्रमको अभियानमा क्वीन्स अस्पतालमा नेपाली समुदायका लागी मात्र भनेर छुट्टै सहायता केन्द्र -ज्भउि म्भकप) स्थापना गरिएको थियो र उक्त केन्द्रमा स्टेफन मनरो, सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी को सहयोग टोली रहेका थिए ।
फाउन्डेशनले अपि्रलको अन्तिम हप्तासम्म क्रमश हरेक शनिवारका दिन १ वजेदेखी ५ वजेसम्म यसरी नै अस्पतालसाग समन्वय गरी खोप वितरण गर्ने र सोका लागी प्रत्येक वुधवार ३ बजेसम्म संस्थावाट उपलब्ध फारम भरी आफनो कार्यालय ज्याक्सन हाईट्स न्युयोर्कमा वुझाउनुपर्ने भएको छ । संस्थाले अशक्त र अप्ठ्यारो परेका महानुभावहरूलाई अस्पताल सम्म निःशुल्क यातायातको समेत व्यवस्था गरेको कुरा संस्थाका अध्यक्ष घिमीरेले जानकारी दिएको छ । फाउण्डेशनले डा. ऐन्थोनि ऐन्ड्रीयु जुनियर, स्टेफन मनरो, सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबीलाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।