११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

काठमाडौं संसारकै सबैभन्दा प्रदुषित सहर



काठमाडौँ । काठमाडैं बस्नलायक सहरको रुपमा नरहेको बताउन थालिएको छ । गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएपछि बस्न लायक नरहेको बताउन थालिएको हे । वायु प्रदूषणमा लामो समयदेखि अनुसन्धान गर्दै आएको स्विट्जरल्यान्डको जेनेभास्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा राखिरहेको छ ।

काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक (एक्यूआई) प्रतिघण्टा १९४ थियो भने ललितपुरको भैंसेपाटीमा १८९ थियो । मुलुकभर सबैभन्दा बढी हेटौंडामा एक्यूआई ४४४ थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ ।

सरकारी अधिकारीहरूले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् । विज्ञप्ति निकालेर सचेत गराएबाहेक मुख्य सरोकारवाला निकाय वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले प्रदूषण नियन्त्रणमा कदम तालेको छैन  ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ०९ बजे