३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

अमेरिकामा आदिवासी साहित्यकारहरूको भेला हुने


Ang

१ बैशाख २०७८, बुधबार  

0
Shares

अमेरिकामा आदिवासी जनजातिको भाषा,संस्कार र संस्कृतिको बारेमा लेख्दै आएका साहित्यकार तथा लेखकहरूको भेला हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र आदिवासी साहित्यकारहरुको संयुक्त प्रयासमा भेला हुन लागेको जनाएको छ । नेपालमा हालै गठित आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ स्थापना भएसंगै संसारभर रहेका नेपाल आदिवासी जनजाति लेखकहरु संगठित हुने क्रममा अमेरिकामा पनि हुन लागेको महासंघका अध्यक्ष लोक चेम्जोङले जानकारी दिएको छ ।

‘ हाम्रा मौलिक पहिचानको कुराहरुलाई साहित्यको मुलधारमा ल्याउन गठित साहित्यकार संघलाई फिप्ना अभिभाकत्व दिन आतुर छ’ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले बताए । यो उदाहरणीय कार्यको लागी महासंघले नेपाल आदिवासी जनजाति साहित्यकार /लेखक महासंघलाई संयुक्त भगिनी सस्थाको रुपमा रहन सक्ने बारेमा छलफल भइरहेको अध्यक्ष चेम्जोङले बताए ।

‘अमेरिकामा नेपाली आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृतिको बारेमा लेखिरहेकाहरु थुप्रै छन अब उनीहरुको लेखन कार्यलाई सशक्त रुपमा अघि बढाउन यो भेलाले मद्धत पुर्‍याउने छ ‘नेपाल आदीवासी जनजाती साहित्यकार तथा लेखक महासंघका संयोजक जसकुमार राईले भने -‘ आदीवासी जनजाती साहित्यकारहरु संगठित हुनु भनेको नेपाली साहित्यको विविधतालाई सिंगार्नु हो ‘ । उनले बताए । यसैको लागी आगामी अपि्रल १८ तारिख आइतबारको दिन फिप्ना कार्यालय क्विन्समा पहिलो भेला हुने भएको छ । उक्त भेलामा कार्यसमिती गठन गरी नेपाली आदिवासीहरुको भाषा, संस्कार, संस्कृति र इतिहासबारे कलम चलाउने अभियान शुरु हुने जनाईएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ०२ बजे