अमेरिकाबाट आफु पढेको विद्यालयमा स्थापना गरे ५ लाखको अक्षय कोष

२०७८ बैशाख ११, शनिबार ००:३५

अमेरिकामा बसोबास गदै आइरहेकी नन्दमाया केदेम शेर्पाले आफु अध्ययनरत आठराई त्रिवेणी गाउपालिका वडा नं. ५ स्थित चाागे माध्यमिक बिद्यालयलमा ५ लाख रुपैयाको शैक्षिक सुधार अक्षय कोष स्थापना गरीएको छ ।  नन्दमाया साबिक चागे गा. बि. स. वडा नं. २ लुङधारामा जन्मिएकी उक्त बिधालयको पुर्व बिधार्थी हुन । उनले आफनो बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङ लिम्बुको नाममा शैक्षिक सुधारको निमित्त उक्त रकम प्रदान गरेकी हुन ।

अमेरीकाबाट पठाईएको उक्त रकम आमा टिकामाया आङबुहाङ लिम्बुले चाागे मा. बि. का प्रधानाध्यापक केशब प्रसाद गौतमलाई बिधालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको जनाएको छ ।  आगामी दिनहरुमा यो बिधालयबाट अध्ययन गरी प्रवासमा रहेका सबैले यसरी नै सहयोग गर्ने हो भने बिधालयले सरकारी राहतमा भर पर्न नपर्ने प्रधानध्यापक गौतमले बताएका छन ।

१७ जना शिक्षक रहेका छन् सोहि बिधालयको शिक्षक अमर लिम्बुले नन्दमायाको सहयोगी मनप्रति आफनो फेसबुक मार्फत धन्यवाद ब्यक्त गरेका छन् । आफनो दिदिको यो मानवीय कार्यले आफुहरु उत्साहित रहेको नन्दमायाका भाई रबिन लिम्बु र बहिनी सुमि लिम्बुले बताए । बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङले आफनो छोरीले गरेको यो समाजसेवाको कदमले आफुहरु अति नै खुशि अनि गौरन्वित महसुस भएको बताएका छन । आफुले कमाएको सानो अंशले आफुले पढेको स्कुलमा यसरी आफनो बुबा आमाको नाममा शैक्षिक कोष स्थापना गर्न पाउदा अत्यन्तै खुशि लागेको बताउने नन्दमाया केदेम शेर्पा श्रीमान र एक छोरासाथ बिगत ४ बर्षदेखि अमेरीकाको न्युयोर्कमा बसोबास गर्दै आएका छन् ।

सम्बन्धित समाचार