१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

टेक्ससका युवा व्यवसायी विकल ढकालको सहकोषाध्यक्ष पदमा उम्मेदवारी


Ang

११ बैशाख २०७८, शनिबार  

28
Shares

टेक्ससका युवा व्यवसायी बिलक ढकालले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुशासन र पारदर्शियताका लागि नयां सोच र नयां जोश साथ आफुले उम्मेदवारी दिएको उनले वताएका छन् ।’ एनआरएनए अमेरिका भित्र रहेर सुशासन, आर्थिक पारदर्शियताका लागि नयां सोच दिन सक्छु भन्ने र विशेष गरी आर्थिक पारदर्शियता कायम राख्नका लागी मैले उम्मेद्धवरी दिएको हु’ बिलक ढकालले भने- ‘ एनआरएन अमेरिकाभित्र सहकोषाध्यक्ष भन्दा माथि थुप्रै पदहरु छन् । तर, एनआरएनए अमेरिकाको कार्यसमिति भित्र पहिलो पटक प्रवेश गर्न लागि मैले उक्त पदमा आफुलाई योग्य देखेर उम्मेदवारी दिएको हु ‘ ढकालले बताए ।
विकल विद्यार्थीका रुपमा अमेरिका आएका थिए । मास्टरसम्मको पढाई संगै उनी व्यवसायमा पनि संलग्न भएका थिए । युवा व्यवसायी विकल अहिले उनले स्टोर, होटल, रियल स्टेट लगायतमा लगानी गरेका छन् । नेपालमा पनि उनले लगानी गरेका छन । उनको व्यवसायमा करिव १ सय जनाले रोजगार पाएका छन् । एनआरएनए अमेरिका सदश्य संख्याका रुपमा ठुलो हुदैं गर्दा कोष पनि बृद्धि हुदै छ । त्यसैले संस्था भित्र कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतको जिम्मेवारी पनि बढ्छ । यही कारण पहिले भन्दा वढी सुशासन र आर्थिक पारदर्शियताको खाचो छ उनी भन्छन् ।

विकलले आफुले सधै सुशासन र वित्तीय पारदर्शियताका लागि जोड दिएको वताएका छन् । उनी भन्छन् म विद्यार्थीका रुपमा अमेरिका आई सघर्ष गर्दै पढाई पुरा गरें । केही बर्षको संघर्ष पनि अहिले व्यवसायीका रुपमा पहिचान वनाउन सकेको छु । केही स्टोर, होटल, रियल स्टेट लगायतमा मेरो लगानी छ । यो विस्तारको क्रममा पनि छु । मैले आफनो व्यवसायमा पनि सुशासन र वित्तीय पारदर्शियतालाई सधैं पहिलो प्रथामिकतामा राखेर कार्यान्वयन गर्दै आएको छु । व्यवसायमा वित्तीय पारदर्शियता कामय गर्दा मेरा साझेदार, सहकर्मी कर्मचारी, बैंक लगायतसंग काम गर्न सजिलो पनि भएको छ । यसले गर्दा नयां जोशका साथ व्यवसाय विस्तारमा पनि मलाई हौसला मिलेको छ । यो अनुभवले पनि मलाई कुनै पनि संस्था भित्र सुशासन र वित्तीय पारदर्शियता पहिलो प्रथामिकतामा पर्नु पर्छ भन्ने लागेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ०५ बजे