समाचार लेखेकै आधारमा पत्रकार पक्राउ

२०७८ बैशाख १२, आईतवार १५:५७

काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर विभागका प्रमुख सामन्त गोयलबीच भएको सहमति भएको भन्दै समाचार प्रकाशित गर्ने दुई पत्रकार पक्राउ परेका छन् ।

समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको हो । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई कार्यालयबाटै पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, किर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताएका छन् ।

समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हो । काउन्सिलले स्पष्टीकरण सोधेपछि उज्यालो नेटवर्कले समाचार हटाएर माफी मागेको थियो । उच्च अदालत, पाटनले पनि समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसैबीच नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) ले पक्राउको विरोध गर्दै विना सर्त रिहा गर्न माग गरेको छ ।

पत्रकार पक्राउविरुद्ध फोनिजको प्रेस विज्ञप्ति

प्रहरीले अनामनगरस्थित कार्यालयमा प्रवेश गरेर उज्यालो नेटकवर्क डटकमका कार्यकारी सम्पादक
अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गर्नुका साथै उज्यालो नेटवर्कका अन्य
पत्रकारहरुमाथि धरपकड गर्ने, संचार सामग्री खोस्ने जस्ता निन्दनीय कार्य गरेको छ ।

समाचार लेखेकै कारण सञ्चार गृहमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गर्ने, संचार सामग्री
खोस्ने र पक्राउ गर्ने प्रहरीको प्रेस स्वतन्त्रताविरोधी कार्यको नेपाल आदिवासी जनजाति पत्रकार
महासंघ (फोनिज) घोर निन्दा गर्दछ ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको छ । समाचारका विषयमा चित्त
नबुझे त्यससम्बन्धी उजुरी लिने र आवश्यक कारबाही गर्ने सम्पूर्ण जिम्मेवारी प्रेस काउन्सिल
नेपाललाई छ । उज्यालो नेटवर्कले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर
संस्था रअका प्रमुखबीच गोप्य सहमति भएको भनी समाचार प्रकाशन गरेकोमा यससम्बन्धी
विवाद प्रेस काउन्सिल नेपालले निरुपण गरिसकेको, उच्च अदालतले उक्त समाचार लेखेकै
आधारमा पत्रकारहरुमाथि धरपकड नगर्न आदेश दिइसकेको सन्दर्भमा सोही समाचारका विषयलाई
लिएर पत्रकारलाई पक्राउ गर्नु, धरपकड गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङघन र निरंकुशता
प्रदर्शन हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पत्रकार अनिस तामाङ र महाप्रवन्धक
दुर्गालाल तामाङलाई विनाशर्त अविलम्ब रिहा गर्न र खोसिएका संचार सामग्री फिर्ता गर्न माग
गर्दछ । साथै, यस प्रकारका प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न आग्रह गर्दछ ।

१२ वैशाख २०७८

मिलन लिम्बू
सचि

सम्बन्धित समाचार