पूर्वरानी कोमल आइसीयूमा, पूर्वराजा ज्ञानेन्द्रलाई अक्सिजन

२०७८ बैशाख १६, बिहीबार १४:५५

काठमाडौं । कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन् ।

उनका अनुसार पूर्वरानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखिएको छ”, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनीहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार