अमेरिकी डिभी चिट्ठाको नतिजा सार्वजनिक

२०७८ बैशाख २६, आईतवार ०८:४५

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले आफ्नो आधिकरिक फेसबुक पेजमा राखेको जानकारी अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ । डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।