काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सभापति शेरबहादुर देउवा दुबै जनाल् राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी गरेका छन् । ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले आफुलाई समर्थन गर्ने निर्णय गरेको भन्दै बहुमत दावीनगरेको हो । सिंहदरबारमा शुक्रवार जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको थियो । ओलीले एमालेको १२१ र जसपाको ३२ सांसदको आफुलाई समर्थन रहेको उल्लेख गरेका छन् ।
अर्कोतिर कांग्रेस, माओवादी, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समुह तथा एमालेकै माधव नेपाल समुहको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बेकेर देउबाले प्रधानमन्त्री दावी गरेका छन् ।
जसपा नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरुले उहाँलाई समर्थन जनाउने निर्णय गरेको बताएता छन् । “हाम्रा मुद्दालाई वर्तमान सरकारले सकारात्मक रुपमा लिएको हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेका छौँ”, उउनले भने । बैठकमा बिहीबार प्रधानमन्त्री ओलीसँगको छलफलबारे अध्यक्ष ठाकुर र नेता महतोले आफ्ना सांसदलाई ब्रिफिङ गरेका थिए । बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । जसपाको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसहित जसपा सांसदहरुको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबीसहित राष्ट्रपतिलाई निर्धारित समयअघि नै हस्ताक्षर बुझाइसकेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले पनि १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गर्नुभएको छ । उनले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा उक्त दाबी गरेका हुन् ।
सभापति देउवाको दाबीमा कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६, जनता समाजवादी पार्टी नेपालका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ प्रतिनिधिसभाका सांसदको हस्ताक्षर रहेको छ ।
सभापति देउवाको दाबी प्रस्तुत गर्न जाँदा राष्ट्रपतिको कार्यालयमा विपक्षी दलका शीर्ष नेताको समेत उपस्थिति रहेको थियो । सो अवसरमा सभापति देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द निधि, महमन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य स्थायी समितिका सदस्यहरु, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, राजमोका दुर्गा पौडेललगायतको उपस्थिति थियो ।