कोरोनाबाट जर्नेलको मृत्यु

२०७८ जेष्ठ १३, बिहीबार १५:४५

काठमाडौँ । नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ स¬्क्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको बिहीवार बिहान निधन भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्केका हुन् । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ । केसीको श्रीमती र दुई छोरी छन् । यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म छ सैनिकको निधन भइसकेको छ ।

सम्बन्धित समाचार