६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र



काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् ।

अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको उच्च अधिकारीलीई बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नेपालले अमेरिकाबाट अनुदान र खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ । विशेषगरी अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ । त्यसैगरी जोनसन एन्ड जोनसनको ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीहरु बताएका छन् ।

यसअघि राष्ट्रपति भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए । भारतीय राष्ट्रपतिलाई पनि पत्र पठाईएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : ३५ बजे