बेलायतका प्रधानमन्त्री जोन्सनले २३ वर्ष कान्छी प्रेमिकासँग बिहे गरे

२०७८ जेष्ठ १६, आईतवार १७:२६

न्युयोर्क । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच आफुभन्दा २३ वर्षक कान्छी प्रेमिकासँग विवाह गरेका छन् । बेलायती अखबारहरुका अनुसार उनको यो तेस्रो बिहे हो भने प्रेमिका क्यारी साइमन्ड्सको पहिलो हो । दुई जनाको एक छोरा पनि रहेका छन् ।

उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको बताइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।

बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

उनीहरुको प्रेम बारे सन् २०१९ देखि विभिन्न समाचारहरु आउने गरेको थियो । प्रधानमन्त्री जोन्सन हाल ५६ बर्षको भएभने उनकी नयाँ श्रीमती ३३ वर्षकी छन् । जोन्सन र साइमन्ड्सबाट सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।

सम्बन्धित समाचार