६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एनआरएन न्युयोर्क च्याप्टरमा आङछिरिङ शेर्पाको प्यानल बिजयी


Ang

१८ जेष्ठ २०७८, मंगलबार  

0
Shares

एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको निर्वाचनको अध्यक्ष पदमा आङछिरिङ शेर्पा र उनको समुहका सदस्यहरु बिजयी भएका छन । निर्वाचनमा अध्यक्ष शेर्पाले १३ सय ३९ मत ल्याएर बिजयी भएका छन भने उनको प्रतिद्धन्दी बिष्णु राणामगरले ११ सय १४ मत ल्याएका थिए । त्यस्तै अध्यक्षकै अर्का प्रतिष्पर्धि सिव बानियाले ५ सय ९७ मत ल्याएका थिए ।

न्युयोर्क च्याप्टरको उपाध्याक्षमा शोभाकान्त पाण्डे, सचिवमा दण्डपानी लामीछाने, कोषाध्याक्षमा असिस सापकोटा बिजयी भएका छन । त्यस्तै बोर्ड सदस्यहरुमा छिरिङ शेर्पा, देवेन्द्र लामा, पवित्र धिमाल, प्रदिप कुमार खडग क्षेत्री, राजन बन्जारा र संगिता कोइराला विजयी भएका छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ८ : ५५ बजे