काठमाडौं । चीनले अनुदानमा दिएकोमध्ये दश लाख मध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको चार्टर विमानले ८ लाख डोज खोप ल्याइ पुर्याएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनफिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । बाँकी दुई लाख खोप तिब्बत सरकारले दिने बताइएको छ ।
त्यस यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि बुधवार काठमाडौं आइपुग्ने वताइएको छ ।
यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।