अमेरिकी भिषा आवेदन निषेधज्ञा खुले लगतै खुल्ने

२०७८ जेष्ठ २७, बिहीबार १७:२३

काठमाडौँ । अमेरिकी दूतावासले निषेधज्ञा खुल्ने बित्तिकै भिषा आवेदन सेवा सुचारु गरिने बताएका छन् । कान्तिपुर दैनिकले अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची एलेनलाई उदृत गर्दै उक्त कुरा लेखेको हो ।

‘महामारीका कारण नेपाल सरकारले निषेधाज्ञा गरेको बेलामा हामीले राजदूतावास खोल्न मिल्दैन,’ एलेनलाई उदृत गर्दै कान्तिपुरले लेखेको छ,‘हामी निषेधाज्ञा खोल्ने बित्तिकै भिसा आवेदन सेवालाई सञ्चालन गर्नेछौं ।’

अहिले डीभी (डाइभर्सिटी भिसा) कार्यक्रममा समेटिएका र अमेरिकामा उच्च शिक्षाका लागि तयारी अबस्थामा रहेका विद्यार्थीहरुले सामाजिक सञ्जालहरु मार्फत भिषा आवेदन सञ्चालन गर्न आग्रह गरिरहेका छन् । विभिन्न छात्रबद्धि पाएका विद्यार्थीहरुको भिषा प्रकृया नभए रद्द हुन सक्ने भन्दै त्यस्ता आग्रहहरु गरिएको हो भने डीभी परेकाहरुलाई पनि निश्चित समयसम्म पनि प्रकृया सुरु नभए अन्त्य हुने भन्दै आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार