१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी



गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका तर्फबाट कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दावी गरेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गरेकी थिइन् ।

प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै गठबन्धनमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गे रहेका छन् ।

केन्द्र सरकारमा भने जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष नेकपा (एमाले) नेतृत्वको सरकारमा सामेल भएको छ । प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ०१ बजे