१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल



गण्डकी । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । शनिबार नै उनले पद तथा गोपनीयताको शपथ ग्रहण पिन गरेका छन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकारका लागि आह्वान गरेकी थिइन् । त्यसै अनुरुप शुक्रबार पोखरेलले बहुमत साँसदका साथ दावी गरेका थिए ।

पौडेलले आफ्नो सरकारी निवासमा आयोजित समारोहमा पोखरेललाई शनिबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख पौडेलले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ११ : ४९ बजे