काठमाडौं । बरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई बिहीबार राति मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
उनलाई ओम अस्पताल भर्ना गरिएको हो । अस्पतालमै रहेकी काइँलाकी छोरी नामोती नेम्बाङका अनुसार सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि उनलाई ओम अस्पताल लगिएको हो ।
उनको देब्रे हात नचल्ने तथा बोलीमा केही समस्या देखिएको बताइएको छ । चिकित्सकले यसलाई मस्तिष्कसम्बन्धी ‘इसिमिक स्ट्रोक’ भनेको पनि सुब्बाले बताइन् ।
६२ वर्षीय काइँलाको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा भएको हो । काइँला नेपाली साहित्यको आयामेली आन्दोलनमार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन् ।साथै उनले ‘मन्थन साहित्य संस्था’ ‘शताब्दी काठमाडौँ’ जस्ता संस्थाका सल्लाहकार रहेका थिए काम गरेका छन् । थोरै कविता लेखेर धेरै चर्चा कमाउने कविका रुपमा पनि उनलाई चिन्छन् । गर्वित प्राज्ञमा दरिने ‘बैरागी काँइलाका दुरुह र विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विलाश गर्ने कवि काइँला मानिन्छन् ।
वि. सं. २०६६ देखि २०७० सम्म प्रज्ञा-प्रतिष्ठानको कुलपति रहेका काँइला किरात लिम्बु जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँचदशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन् ।