बाढीपहिरा प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

२०७८ असार १२, शनिबार २३:१६

काठमाडौं । मेलम्ची–इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीले आर्थिक सहयोग जुटाएका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा त्यहाँ रहेका ३५ जनाबाट रु पाँच लाख ७७ हजार सङ्कलन गरिएको थियो ।

सो रकम शनिबार रामकृष्णकी सुपुत्री सुजता श्रेष्ठ सहित दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले मेलाम्ची नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरे । यस रकममध्येबाट रेडियो मेलम्चीलाई रु ७७ हजार प्रदान गरिएको छ । रकम बुझ्दै नगर प्रमुख अर्यालले सबैको सहयोगले मात्र बाढी प्रभावितलाई व्यवस्थापन गर्न सकिने र सहयोगका हात जारी राख्न आह्वान गरे ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताए । वाग्गमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची –११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार