एमाले विवाद सुल्झियो, ओली र नेपाल पक्षबीच दश बुंदे सहमति

२०७८ असार २८, सोमबार ०८:३६

काठमाडौं । अन्तत् सत्तारुढ नेकपा एमाले भित्रको विवाद सहमतिमा टुंगिएको छ । आईतबारवराती अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई सोमबारको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

दुवै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति गरेको छ ।

सम्बन्धित समाचार