१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय



काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बेठकले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको १० औं केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए ।

विश्वासको मत दिने ओली पक्षका गोपाल (किसन) श्रेष्ठ, प्रेम आले, बिना बुढाथोकी, हीरा केसीलगायत रहेका छन् । नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए । नेपाल पक्षकै दश जना सांसदले भने मतदानमा भाग लिएनन् ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : ४८ बजे