२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

कोरोना महामारिमा विशेष योगदान पुर्‍याउने चिकित्सकहरुलाई सम्मान


Ang

१७ श्रावण २०७८, आइतबार  

2
Shares

कोरोना महामारीको बेला फ्रन्टलाइनमा रहेर विशेष योगदान दिदै आएका मुटु रोग विशेषज्ञ डा कुन्जाङ शेर्पा लगायत विभिन्न अस्पतालका २० चिकित्सक र २७ नर्सहरुलाई बारबरा फाउण्डेसनले विशेष सम्मान गरेको छ । शहिद गंगालाल मुटु रोग अस्पतालका विशेषज्ञ डा शेर्पाको समुहले गंगालाल अस्पतालमा मुटु रोग तथा कोरोना लागेका विरामीहरुको उपाचारमा खटिएका थिए । फाउण्डेसनले चिकित्सकहरुसंगै स्वास्थकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई गत शनिबार कोभिड १९ विशेष सम्मान गरेको थियो ।

फाउन्डेशनले सम्मानीत २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैया सहित पुर्व राष्ट्रपति डा रामवरण यादवको हातबाट सम्मान पत्र प्रदान गरेको थियो । त्यस्तै २७ जना नर्सलाई पनि १ लाख ५० हजार नगद रुपैया सहित सम्मान गरिएको थियो ।

फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार फाउन्डेशनले संस्थागत विधातर्फ सातवटा संस्थालाई सम्मान गरेको हो । जसमा भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा छन् । त्यसैगरी व्यवस्थापन तथा सार्वजनिक नीति विधाअन्तर्गत १९ जना व्यवस्थापकहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ३० बजे