हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, तीन सयभन्दा बढीको मृत्यु

२०७८ श्रावण ३१, आईतवार १३:१९

हेइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा धनजनको ठूलो क्षति भएको छ । तीन सय भन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै १,८०० जनाभन्दा बढी घाइते भएको पनि बीबीसीले जनाएको छ ।

स्थानीय समयानुसार शनिवार बिहान त्यहाँ ७.२ म्याग्निट्यूडको भूकम्प आउँदा गिर्जाघर, होटल तथा भवनहरू भत्किएका छन् । देशका प्रधानमन्त्रीले भूकम्पका कारण “ठूलो क्षति” भएको बताएका छन्। उनले देशमा एक महिला लामो सङ्कटकाल घोषणा गरेका छन्।

सन् २०१० को विनाशकारी भूकम्पको प्रकोपबाट हेइटी अझै तङ्ग्रिन बाँकी नै थियो। शनिवारको भूकम्पको केन्द्रबिन्दु सेन्ट-लुइस डु सुड सहरबाट १२ किलोमिटरपर रहेको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले बताएको छ।

उक्त भूकम्पको धक्का १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट-ओ-प्रिन्स तथा छिमेकी देशहरूमा पनि महसुस गरिएको थियो।

“धेरै घरहरू भत्किएका छन्, मानिसहरू मरेका छन् अनि केही मानिस अस्पतालमा छन्,” भूकम्पको केन्द्रबिन्दुनजिकै बस्ने क्रिस्टेला साँ हिलेरलाई समाचारसंस्था एफएफपीले उद्धृत गरेको छ।

भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।

युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ ।

 

सम्बन्धित समाचार