काठमाडौँ । नेकपा (समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेको प्रस्तावमा नेपाल संसदीय दलको नेता चयन भएका हुन् ।
एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा (समाजवादी) दल बनेको हो । एमाले र जनता समाजवादी पार्टी फुटाउन पुग्ने गरेर सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले दल फुटाउने पाउने अध्यादेश ल्याएको थियो । त्यही अध्यादेशको आधारमा नेकपा (समाजवादी) ले दलको मान्यत पाएको हो ।
यसैगरी, बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी छन् ।