२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

न्युयोर्कमा मुसालधारे बर्षातको कारण एकै परिवारको ३ नेपालीको मृत्यु


Ang

१८ भाद्र २०७८, शुक्रबार  

12
Shares

न्युयोर्कमा बुधबार अचानक परेको मुसालधारे बर्षातको कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको छ । परिवारिक  स्रोतका अनुसार न्युयोर्कमा भएको उक्त अकल्पनीय घट्नामा परि मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङ गेलु लामा, उनकी श्रीमती २० वर्षीय मिङमा याङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । उनीहरु न्युयोर्कको क्विन्सस्थित उडसाइड, सिक्सटी फोर स्ट्रीट फोरको बेस म्यानमा बस्दै आएका थिए ।

लामा परिवारको मृत्यु लगतै सुरक्षा निकायले विहानै उनीहरुको शव व्यवस्थापन गरि छानविन प्रक्रिया अगाडि बढाएको पारिवारिक स्रोतले जनाएको छ । मृतक लामा विगत १४ वर्षदेखिन न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।

‘न्युयोर्कमा कल्पनै नगरेको त्यो घट्नामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा निकै दुख लागिरहेको छ ’ आङ गेलु लामाका दाई लातेन लामाले भने । लातेन र उनको दाई दोमे लामा दिवंगत भाईको परिवारको लागि धार्मिक कार्यमा जुटिरहेका छन् । न्युयोर्कमा भएको भारी वर्षाको कारण एक दर्जन भन्द बढीको मृत्यु भएको बताइएको छ । धेरैको सम्पति क्षति पुगेको छ ।

आफनो समुदायको एकै परिवारको ३ जनाको ज्यान गएको अकल्पनीय घटनाले निकै दुखित तुल्याएको शेर्पा किदुगको अध्यक्ष छिरिङ शेर्पाले बताए । मृतक लामाको परिवारको दुखद निधनप्रति शेर्पा किदुगले हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दै मृतकको परिवारलाई चाहिने आवश्यक सहयोग गर्ने अध्यक्ष शेर्पाले बताइन् ।

तस्विर : मिङमा याङजीको फेसबुकबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : ४६ बजे