प्रकाशमानद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा: ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु

२०७८ आश्विन १०, आईतवार १६:२७

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताएका छन् ।

उनले नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताएका हुन् । त्यही कार्यक्रममा अगामी १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने पनि बताएका थिए ।

“मैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु,” उनले भने । अग्रज नेताको सम्मान गर्दै पार्टीमा नयाँ पुस्ता अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेता सिंहले नेविसङ्घ, जिल्लाको राजनीति हुँदै आफू केन्द्रीय राजनीतिमा आएकाले सबैको अनुभवलाई समेटेर अगाडि बढ्ने पनि बताए ।

सम्बन्धित समाचार