प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

२०७८ आश्विन १३, बुधबार १४:४८

काठमाडौँ । प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्यालयले छापा मारेको छ ।

प्रदेश–२का मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजातहरु जफत गरेको बताइएको छ । प्रदेश २ ले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रम अन्तर्गत बालिकाहरुलाई बिद्यालय जान प्रोत्साहित गर्नका लागि साइकत वितरण भइरहेको छ ।

उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने जानकारी दिए ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले कागजात लिएको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

सम्बन्धित समाचार