२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

हनिमुन सक्न लाग्दा मन्त्रिपरिषद्ले पायो पूर्णता (मन्त्रीको सूचीसहित)



काठमाडौँ । झण्डै अनिमुन पिरियड सकिन लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । सरकार गठन भएको सय दिनलाई हनिमुन पिरियड बताइन्छ भने त्यस अवधीमा विपक्षीलेसमेत नरम मिजास अपनाउँछन् । खास गरेर यस अवधीमा सरकारले अगामी दिनको लागि योजना बनाउने र कार्यान्वयनको चरणमा लैजाने काम गर्छ ।

तर देउवा सरकारले भने सरकार गठन भएको ८८ दिनपछि बल्ल पूर्णता पाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरसँग फटेर बनेको जनता समाजवादी पार्टीबीच कुरा नमिल्दा यतिका दिनसम्म सरकारले पूर्णता पाएको थिएन । शुक्रबार भने पछिल्लो दिनहरुमा भएको म्याराथन बैठकको नतिजा अनुसार सरकार गठन भएका छन् ।

सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री, माओवादीले छ मन्त्री, नेकपा समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाएका छन् । यसरी २० मन्त्रालयको बाँडफाँड गरिएकोमा एक मन्त्री भने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको कोटा भनिएका नेपालगञ्जका गजेन्द्र हमालले पाएका छन् । संविधान त सरकारले २१ मन्त्री राख्न पाउँछन् ।

मन्त्रिपरिषद्मा आफ्नो मान्छे राख्न राणाले दवाव दिएको भन्ने समाचार बाहिरीएपछि त्यसको व्यापक अलोचना भएको थियो । बार लगायत नागरिक समाजले बिरोध गर्दै न्यायलय प्रमुखको उक्त दवाव अनुचित रहेको भन्दै दवाव दिइएको थियो । राणा र सर्वोच्च अदालतले राणाले त्यस खालको कुनै दवाव नदिएको पनि स्पष्ट पारेका थिए । तर शुक्रबार मन्त्री परिषद् विस्तार गर्दा देउवाले सांसदसमेत नरहेका उनै हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कसलाई कुन मन्त्रालय ?

नेपाली कांग्रेस
प्रधानमन्त्री – शेरबहादुर देउवा
गृह मन्त्रालय– बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय –नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी
रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

माओवादी केन्द्र
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

नेकपा (एकिकृत समाजवादी)
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जनता समाजवादी पार्टी
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ०९ बजे