जीप दुर्घटना घन्द्रुक घुम्न गएका ८ जनाको मृत्यु

२०७८ आश्विन २५, सोमबार १६:३९

काठमाडौं । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका-११ मा जीप दुर्घटना हुंदा घान्द्रुक घुम्न हिंडेका ८ जनाको मृत्यु भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको मृत्यु भएके बताईएको छ । अवस्था गम्भिर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए ।

“दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला” घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

मृतकहरु दसैंको बिदामा घुम्न गएकाहरु रहेको बताईएको छ ।

सम्बन्धित समाचार